काठमाडौँ — भारत र बंगलादेशको विरोधका बाबजुद चीनले ब्रह्मपुत्र (यार्लुङ स्याङ्पो) नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ। चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार सो आयोजनाको निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्। लीले आयोजनाको विकास र व्यवस्थापन गर्ने गरी नयाँ कम्पनी ‘चाइना याजियाङ ग्रुप’ को समेत उद्घाटन गरेका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत...






